राष्ट्रिय बाणिज्य बैंकले ऋणपत्र निष्काशन गर्ने, एनआईबीएल एस बिक्रि प्रबन्धक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 02, 2020 | 05:18:25 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय बाणिज्य बैंकले ऋणपत्र निष्काशनको लागि बिक्रि प्रबन्धक चयन गरेको छ । बैंकले एनआईबिएल एस क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको हो  । सम्झौतामा बैंकको तर्फ बाट  प्रमुख कार्याकारी अधिकृत किरण कुमार श्रेष्ठ र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले हस्ताक्षर गरेका हुन् ।

बैंकले २ अर्व ५० करोड बराबरको पच्चिस लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । जस मध्ये १५ लाख कित्ता  परिपत्र विधिबाट र १० लाख कित्ता  सार्वजनिक निष्काशन प्रकृयाबाट बिक्री गरिने बैंकले जनाएको छ  ।  बैंकको चुक्ता पूंजीको कम्तीमा २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्ने प्राबधान बमोजिम निष्काशन गर्न लागेको यो ऋणपत्रको अवधि ६ बर्षको रहेको छ ।

ऋणपत्रमा ६-६ महिनामा भुक्तानी हुने गरि वार्षिक १०.२० प्रतिशत व्याज प्रदान गरिने बैंकले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved