सिटिजन्स बैंक Citizens Bank International Limited ले आज फागुन २० गते देखि ऋणपत्र निष्काशन गरेको छ । बैंकले १० दशमलव २५ प्रतिशत व्याजदरमा १० वर्षे अवधिको २ अर्ब ५० करोड बराबरको ऋणपत्र निष्कासन गरेको हो ।
बैंकले प्रतिकित्ता १ हजारको २५ लाख कित्ता ऋणपत्रमध्ये १० लाख कित्ता सर्वसाधारणलाई र १५ लाख कित्ता विभिन्न संघ संस्थालाई विक्री खुला गरेको हो । सर्वसाधारण मध्येबाट ५०,००० कित्ता सामूहिक लगानी कोषका लागि छुट्टयाईएको छ । १५ लाख कित्ता ऋणपत्रले हुन आउने कुल. १ अर्ब ५० करोड ऋणपूँजी रकम विभिन्न व्यक्ति वा संघ संस्थाहरुलाई बिक्री गर्ने बैंकले बताएको छ ।
इच्छुक लगानीकर्ताले छिटोमा फागुन २३ गतेसम्म र सो अवधिसम्म पुरै आवेदन नपरेमा चैत्र ४ गतेसम्म आवेदन दिन सक्नेछन् । ऋणपत्र निष्काशनको लागि ग्लोबल आइएमई क्यापीटल बिक्रि प्रबन्धक रहेको छ । बैंकको २०८६” ऋणपत्रलाई ईक्रा नेपाल लिमिटेडले कात्तिक ७ गते इक्रा एलबिबिबि प्लस दिएको छ । उक्त क्रेडिट रेटिङ्ग प्राप्त गर्ने यसले बैंकको वित्तीय अवस्था औषत भन्दा माथि तथा सुरक्षित रहेको मानिन्छ ।
बैंकले ८९ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।