१२ प्रतिशत व्याज पाइने गुडविल फाइनान्सको ऋणपत्र बिक्रि खुला

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Mar 11, 2020 | 08:42:59 AM मा प्रकाशित

nj

गुडविल फाइनान्स लिमिटेड Goodwill Finance Company Limited ले आज फागुन २८ गतेदेखि ऋणपत्र निष्कासन बिक्रि खुला गरेको छ । कम्पनीले १२ प्रतिशत व्याजदरमा सात वर्षे अवधिको ऋणपत्र निष्कासन गरेको हो । 

कम्पनीले प्रतिकित्ता १ हजारमा २ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन गरेको हो । सोमध्ये १ लाख ५० हजार कित्ता व्यक्तिगत तवरमा र  १ लाख कित्ता मध्ये ५ हजार कित्ता सामुहिक लगानी कोषलाई वितरणगरी बाँकी रहेको  ९५ हजार कित्ता सर्वासाधारणलाई विक्री हुने छ। 

आवेदकहरुले न्युनतम २५ कित्ता र अधिकतम ५ हजार कित्ता सम्म छिटोमा चैत २ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि सो अवधीसम्म सम्पुर्ण ऋणपत्र विक्री नभएमा ढिलोमा चैत १२ गतेसम्म आवेदन दिन सकिन्छ । 

 कम्पनीको ऋणपत्रलाई इक्रा नेपालले इक्रा एनपी एल बिबि रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय अवस्था  जोखिम मध्यम कर्जा बुझाउँछ । कम्पनीको ऋणपत्रको विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved