सिटिजन्स बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम , कति पाइन्छ ब्याज ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2020 | 09:23:13 AM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक Citizens Bank International Limited को ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले फागुन २० गतेदेखि  १० दशमलव २५ प्रतिशत व्याजदरमा १० वर्षे अवधिको  २ अर्ब ५० करोड बराबरको ऋणपत्र  निष्कासन गरेको  हो  । 

बैंकले प्रतिकित्ता १ हजारको २५ लाख कित्ता ऋणपत्रमध्ये १० लाख कित्ता सर्वसाधारणलाई र  १५ लाख कित्ता विभिन्न संघ संस्थालाई विक्री खुला गरेको हो ।  सर्वसाधारण मध्येबाट ५०,००० कित्ता सामूहिक लगानी कोषका लागि छुट्टयाईएको  छ । १५ लाख कित्ता ऋणपत्रले हुन आउने कुल। १ अर्ब ५० करोड ऋणपूँजी रकम विभिन्न व्यक्ति वा संघ संस्थाहरुलाई  बिक्री गर्ने बैंकले बताएको छ । 

बैंकले छिटोमा फागुन २३ गतेसम्म आवेदन माग गरेको थियो । सो अवधिसम्म पुरै आवेदन नपरेपछि ढिलो अवधी चैत्र ४ गतेसम्म आवेदन खुला गरेको हो । आज बैकिङ अवधीसम्म ऋणपत्रमा आवेदन दिन सकिन्छ । ऋणपत्र निष्काशनको लागि ग्लोबल आइएमई क्यापीटल बिक्रि प्रबन्धक रहेको छ । बैंकको २०८६” ऋणपत्रलाई ईक्रा नेपाल लिमिटेडले कात्तिक ७ गते इक्रा एलबिबिबि प्लस दिएको छ । उक्त क्रेडिट रेटिङ्ग प्राप्त गर्ने यसले बैंकको वित्तीय अवस्था औषत भन्दा माथि तथा  सुरक्षित रहेको मानिन्छ ।

बैंकले ८९ वटा शाखा, ९० वटा ए।टि।एम। र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved