प्रभु बैंकको २ अर्बको ऋणपत्र बिक्रि खुला, कति पाइन्छ ब्याज ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 03, 2020 | 08:12:22 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited ले आज साउन १९ गतेदेखि ऋणपत्र बिक्रि खुला गरेको छ । कम्पनीले  एक हजार अंकित दरका  २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन रेको हो ।  

८ बर्षे अवधिको यस ऋणपत्रमा बैंकले  वार्षिक १० प्रतिशतका दरले प्रत्येक तीन÷तीन महिनामा ब्याज भुक्तानी गर्ने छ । बैंकले कुल २ अर्ब मध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तबरबाट र ८० करोड बराबरको ऋणपत्र सर्वसाधारणमा निष्काशन गर्ने छ ।  

लगानीकर्ताले २५ कित्ता र अधिकतम ३ लाख कित्ता शेयरको लागि आवेदन दिन सक्ने छन् । लगानीकर्ताले छिटोमा असार २३ गतेसम्म र सो समयसम्ममा पर्याप्त आवेदन नपरेको खण्डमा ढिलोमा  भदौ १ सम्म आवेदन दिन सक्ने छन् ।   नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असार ३१ गते ऋणपत्र निष्काशनको अनुमति दिएको हो । 

 ऋणपत्र निष्काशनको लागि बैंकले  नविल ईन्भेष्टमेन्ट बैंकिङ्गलाई बिक्रि प्रबन्धक नियुक्ति गरेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved