सिद्धार्थ बैंकको ३० लाख कित्ता ऋणपत्र सूचीकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 19, 2020 | 06:37:50 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंक Siddhartha Bank Limited  को ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्सेमा) सूचीकरण भएको छ । बैंकको ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकरण भएको हो । 

बैंकले सर्वसाधारण समक्ष एनएमबि क्यापिटल मार्फत् ३० लाख कित्ता ऋणपत्र खुल्ला बिक्री आव्हान गरेको थियो । यसरी सर्वसाधारणमा वितरण गरिएको ऋणपत्र वितरण भई नेप्सेमा सूचीकरण भएको हो ।

ऋणपत्र सूचीकरण सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शम्भु नाथ गौतम र नेप्सेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले हस्ताक्षर गरेका हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved