एनआईसीको खुलामुखी म्युचुअल फण्ड योजना स्वीकृत, ऋणपत्रमा मात्र लगानी गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 19, 2020 | 06:47:35 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया क्यापिटल NIC Asia Capital  ले खुलामुखी सामुहिक लगानी कोष योजना संचालन गर्नको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । क्यापिटलले  एनआईसी एसिया बैंक म्युचुअल फण्ड अन्तर्गत रहने गरि ‘एनआइसी एसिया डाईनामिक डेप्ट फण्ड’ संचालन गर्न नेपाल धितोपत्र बोर्डमा अनुमति पाएको हो।

५० करोड रुपैयाँको यस योजनामा ५ करोड इकाई निष्काशन हुने छ । जस मध्ये पहिलो चरणमा १ करोड २५ लाख इकाई निष्काशन हुने छ । 

यस योजनाले ऋणपत्र उपकरणहरुमा मात्र लगानी गर्ने क्यापिटलले जनाएको छ। यस संगै एनआईसीको यो योजना ऋणपत्र उपकरणहरुमा मात्र लगानी गर्ने नेपाल कै पहिलो खुलामुखी योजना हुने छ । नेपालमा हालसम्म संचालनमा रहेका म्युचुअल फण्ड योजनाले इक्विटी अर्थात शेयरबजारमा मात्र लगानी गरिरहेकोमा एनआईसीले ऋणपत्र उपकरणहरुमा मात्र लगानी गर्ने गरि नयाँ योजना ल्याएको हो ।

ऋणपत्र उपकरणहरुमा मात्र लगानी गरिने र त्यसमा जोखिम कम हुने भएकोले यस योजनामा गरिने लगानी सबैभन्दा सुरक्षित हुने क्यापिटलले जनाएको छ।बैंक तथा वित्तीय संस्थाहरुले बजारमा ऋणपत्र निष्काशन गरिरहेको तथा निष्काशनको क्रममा रहेको हुँदा यस्ता फण्ड संचालनमा आउदा समग्र ऋणपत्र बजारको विकास गर्न टेवा पुग्ने विश्वास क्यापिटलले व्यक्त गरेको छ  । 

हाल एनआइसी एशिया क्यापिटलले दुईवटा बन्दमुखी योजना “एन आई सी एशिया ग्रोथ फण्ड” र “एनआईसी एशिया ब्यालेन्सड् फण्ड” संचालन गरिरहेको छ । ग्रोथ फण्डले गत वर्षको मुनाफाबाट १२ प्रतिशत र ब्यालेन्सड् फण्डले गत वर्षको मुनाफाबाट ८ प्रतिशत लाभांश वितरण गरेको थियो  । 

त्यस्तै क्यापिटलले १ अर्ब रुपैयाँ बराबरको "एनआइसी एसिया सेलेक्ट ३०" नामको नयाँ योजनाको लागि अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved