मुक्तिनाथ विकास बैंकका दुई शाखा एकै साथ

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 09, 2018 | 04:26:29 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ बिकास बैंकले एकै साथ दुई शाखा कार्यालय संचालनमा ल्याएको छ। बैकले देशैभर शाखा बिस्तार गर्ने क्रममा झापाको बिर्तामोड र सुनसरीको धरानमा दुई शाखा कार्यालय संचालनमा ल्याएको हो। 

बिर्तामोड शाखाको उद्घाटन बिर्तामोड नगरप्रमुख धुर्व कुमार सिवाकोटी र धरान शाखाको उद्घाटन जिल्ला उद्योग वाणिज्य संघ, सुनसरीका अध्यक्ष राजेन्द्र शाहले गरे।    

यससंगै बैंकको शाखा संख्या ९५ पुगेको छ। हाल बैंकले ९५ शाखा, १७ वटा एटिएम मार्फत आफ्ना ६ लाख बढी ग्राहकलाई आधुनिक बैंकिङ्ग, लघुवित्त बैंकिङ्ग र ग्रामीण बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ। हालै बैंकले आकर्षक विशेषता सहितको नगद फिर्ता आवास कर्जा योजना सञ्चालनमा ल्याएको छ ।   



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved