महालक्ष्मी विकास बैंकको शाखा संजालमा थप ४ शाखा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 09, 2018 | 04:59:12 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी बिकास बैंकको शाखा संजालमा ४ शाखा थपिएका छन। बैंकले देशैभर सेवा बिस्तार गर्ने क्रममा देशका बिभिन्न स्थानहरुमा नयाँ शाखा संचालनमा ल्याएको हो। 

बैंकले असोज १७ गते झापाको दमक नगरपालिका स्थित दमक बजारमा आफ्नो ७६ औं शाखा संचालनमा ल्याएको छ। त्यस्तै असोज २१ गते नै सप्तरीको रुपनी गाउँपालिका १ स्थित रुपनीमा ७७ औं शाखा संचालनमा ल्याएको छ भने असोज २८ गते कैलालीको कैलारी गाउँपालिका १ स्थित हसुलिया र बाराको प्रसौनी गाउँपालिका २ स्थित प्रसौनीमा दुई शाखा संचालनमा ल्याउने तयारी थालेको छ। थप ४ शाखा संचालनमा आएपश्चात बैंकको शाखा संख्या ७९ पुग्नेछ। 

महालक्ष्मीले हाल आफ्ना ७७ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत आफ्ना ४ लाख ९० हजार भन्दा बढी ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ। यस अवधिमा बैंकले २६ अर्ब ५ करोड निक्षेप संकलन गरि २२ अर्ब ४८ करोड कर्जा प्रवाह गरेको छ। बैकले शाखा कार्यालय सञ्चालनमा ल्याएका क्षेत्रहरुका व्यावसायिक कारोबार अन्र्तगतका कृषि, उर्जा ,पर्यटन, लघु उद्यम क्षेत्रमा कर्जा प्रवाह गरीरहेको जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved