तिनाउ विकास बैंकले १३ औं बार्षिकउत्सव सामाजिक कार्य गरेर मनायो

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 04, 2018 | 10:14:00 AM मा प्रकाशित

laxmi  sunrise bank

तिनाउ विकास बैंकले आफ्नो १३ औं वार्षिकोत्सव मनाएको छ। रुपन्देही, नवलपरासी र चितवन तीन कार्यक्षेत्र रहेको बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान, छात्रबृति वितरण, आश्रमममा सहयोग तथा विभिन्न विद्यालयहरुलाई आर्थिक सहयोग गरेर बार्षिकोत्सव मनाएको हो।    

प्रधान कार्यालय बुटवलले बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ। नेपाल स्वयसेवि रक्तदाता समाज रुपन्देहीसँगको सहकार्यमा बैंकले बुटवल ब्लड बैंकमा रक्तदान सम्पन्न गरेको हो। बैंकका कर्मचारी, सञ्चालक, स्वयसेवि रक्तदाताका सदस्य तथा अन्य शुभेच्छुक गरि ५० जनाले रक्तदान गरेका छन । 

रगतको अभाव हुन नदिनका लागि मानवीय सेवा गर्ने उदेश्यले सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान कार्यक्रम गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रदीप कुमार श्रेष्ठले बताए । 

सोही अवसरमा नेपालस्वयसेवि रक्तदाता समाज रुपन्देहीको अक्षयकोष सहयोगार्थ नगद २० हजार बैंकले प्रदान गरेको छ। बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्र प्रसाद ओझाले स्वयसेवि समाजका अध्यक्ष कृष्ण चौहान क्षेत्रीलाई २० हजारको चेक हस्तान्तरण गरेका हुन। रक्तदान कार्यक्रममा सञ्चालक समिति सदस्य जीवन ओझा, रामेश्वर प्रसाद कसजु तथा अनिल प्रसाद श्रेष्ठले रक्तदाताहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए । 

बार्षिकोत्सवकै अवसरमा बुटवल संगमपथ शाखाले बुटवल १३ देविनगर स्थित अपाङ्ग आश्रममा कम्बल वितरण गरेको छ । बुटवल बेल्बास शाखाले बेल्बास टोल विकास समितिलाई सय थान फोहोर फाल्ने डस्विन प्रदान गरेको छ । यसैगरि रुपन्देहीको छपिया शाखाले छपिया लिलाधर उच्च माविलाई २१ हजार सहयोग गरेको छ । जोगिकुटी शाखाले मणिग्राममा रहेको  आत्मशान्ति अनाथ आश्रममा खाद्य सामाग्री प्रदान गरिएको छ । साथै भैरहवा, कोटिहवा, रामापुर, शित्तलनगर, मंगलापुर, ज्यामिरे शाखाहरुले पनि विभिन्न समाजसेवा मुलक कार्य गरेका छन् ।

यस्तै विहिबार नै नवलपरासि बर्दघाट झिमिरेभार शाखाले रक्तदान गरेको छ । उक्त शाखाले गरेको रक्तदानमा ४० यूनिट रगत संकलन भएको छ । यसैगरि चितवन नारायणगढ शाखाले देवघाट रहेको आश्रममा खाना खुवाएको बैंकका सर्पोट डिभिजन प्रमुख कमल कंडेलले जानकारी दिए । बैंकले १३ औं बार्षिकउत्सव पछि बैंकको कार्यक्षेत्र विस्तारको योजना बनाएको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए । 

५० करोड ६९ लाख  चुक्ता पूँजी रहेको बैंकले प्रस्ताव गरेको १२ प्रतिशत बोनस सेयर पारित भई वितरण पश्चात ५६ करोड ७२ लाख पुग्ने छ । चालु आर्थिक बर्षको यस अवधि सम्म बैंकको निक्षेप संकलन ५ अरब ७ करोड, कर्जा लगानी ४ अरब १८ करोड रहेको छ । बैंकले १५ वटा शाखा तथा ८ वटा एटिएम सहित मोबाईल बैंकिङ्ग सेवा दिदै आएको छ । 







Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved