मुक्तिनाथ विकास बैंकका सेयरधनीहरुलाई बम्पर अफर, लाभांश वितरणपछि २० प्रतिशत हकप्रद

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 24, 2018 | 08:45:36 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ बिकास बैंकले चुक्ता पुंजी वृद्धिका लागि हकप्रद बिक्रि गर्ने भएको छ। गत आर्थिक बर्षको कमाईबाट वितरण हुन लागेको १८ दशमलव २५ प्रतिशत बोनस शेयर पश्चात कायम हुने चुक्तापुंजीबाट २० प्रतिशत हकप्रद बिक्रि गर्न लागिएको बैंकले जनाएको छ। 

बैंकले हकप्रद बिक्रि गर्ने उक्त प्रस्ताब मङ्सिर २९ गते सिटी स्क्वायर, पोखरामा हुन लागेको १२ औं बार्षिक साधारणसभामा लैजाने भएको छ। सोसभाबाट प्रस्ताब पारित भएपश्चात बैंकको हकप्रद बिक्रि प्रकृया अगाडी बढ्नेछ। 

त्यस्तै उक्त साधारणसभाले गत आर्थिक बर्षको कमाईबाट १८ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ९६ प्रतिशत नगद लाभांश वितरण गर्ने संचालक समितिको प्रस्ताब पारित गर्नेछ। बैंकले साधारणसभा प्रयोजनार्थ मङ्सिर १८ देखि मङ्सिर २५ सम्मका लागि बुक क्लोजको मिति तय गरेको छ। यस अर्थमा मङ्सिर २८ सम्म कायम सेयरधनीहरुले मात्र बैंकको लाभांश प्राप्त गर्न र साधारणसभामा सहभागी हुन पाउनेछन। 

यस अवधिमा बैंकको चुक्ता पुंजी २ अर्ब ५९ करोड १७ लाख छ। १८.२५ प्रतिशत बोनस शेयर बितरण पश्चात बैंकको चुक्ता पुंजी ३ अर्ब ६ करोड ४७ लाख पुग्नेछ। बैंकले बोनस सेयर वितरणपश्चात कायम चुक्तापुंजीबाट २० प्रतिशत हकप्रद बिक्रि तथा वितरण गरेपश्चात चुक्तापुंजी ३ अर्ब ६७ करोड पुग्नेछ।        

त्यस्तै बैङ्कले साधारण सभाको प्रस्तावमा उपयुक्त अन्य कुनैपनि बैङ्क तथा वित्तीय संस्थामा गाभ्ने वा गाभिन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव गरेको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved