सिन्धु बिकास बैंक Sindhu Bikas Bank Limited र फिनिक्स क्यापिटलबीच ग्राहक निर्माण तथा कर्जा सहजीकरण सम्बन्धि सम्झौता भएको छ। यस सम्बन्धि सम्झौता अनुसार सिन्धु विकास बैंकबाट सेवा लिन चाहनेले फिनिक्स क्यापिटलद्वारा संचालित डिजिटल मार्केट प्रणाली कर्जाबजार डटकम अन्तर्गत प्रदान गर्ने सबै सुविधा पाउनेछन।
फिनिक्सले ग्राहकलाई सिन्धु विकास बैंकको सेवा सुविधाबारे जानकारी दिने, उपयुक्त सुविधा छनौटमा सहजीकरण गर्ने, आवश्यक कागजात तथा कर्जा प्रस्ताब निर्माण गर्ने लगायतका सेवा दिनेछ।
सम्झौताबाट ग्राहकहरुलाई बैंकबाट घर कर्जा, ब्यक्तिगतकर्जा, ब्यापारिक कर्जा, शेयर कर्जा लगायतअन्य सम्पुर्ण कर्जा सुविधा प्राप्तगर्न थप सहयोग पुर्याउने बैंकले विश्वास लिएको छ ।
सम्झौतापत्रमा बैंककातर्फबाट प्रमुखकार्यकारी अधिकृत रमेशप्रसादजोशी र फिनिक्स क्यापिटलकातर्फबाट प्रमुख संचालन अधिकृत बिकल चौलागाईंले हस्ताक्षर गरे।