पोखरामा मुक्तिनाथ विकास बैंकको 'इभिनिङ' काउन्टर संचालनमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 01, 2019 | 12:51:40 AM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited  ले पोखरामा सन्ध्याकालीन काउन्टर संचालनमा ल्याएको छ। बैकले आफ्नो १३ औं वार्षिकोत्सवको अवसरमा पोखराको पृथ्वीचोक स्थित शाखा कार्यालयबाट पुष १५ देखि सन्ध्याकालीन (इभिनिंङ) काउन्टर संचालनमा ल्याएको हो। 

मंसिर, पौष र माघमा साँझ ६ बजे सम्म सेवा प्रदान गर्ने सन्ध्याकालिन काउन्टरबाट अन्य महिनामा भए साँझ ७ बजे सम्म नगद कारोबार गर्न सकिने पृथ्वीचोक शाखाका शाखा प्रबन्धक राम चन्द्र पौडेलले जानकारी दिए। 

मुक्तिनाथ विकास बैंकले चालू आर्थिक बर्षको पहिलो त्रैमासमा ३३ अर्ब २५ करोड निक्षेप संकलन गरि २८ अर्ब ८५ करोड कर्जा प्रवाह गरेको छ। यस अवधिमा बैंकले ५८ करोड २१ लाख रुपैयाँ संचालन मुनाफा आर्जन गरेको छ। हाल बैंकले देशभर १०० भन्दा बढी शाखा कार्यालय मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved