कैलाश विकास बैंकको शाखा बुटवलमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 10, 2019 | 07:19:22 PM मा प्रकाशित

laxmi  sunrise bank

कैलाश विकास बैक लिमिटेड Kailash Bikas Bank Limited  ले रुपन्देहीको होराईजनचोक बुटवलमा शाखा संचालनमा ल्याएको छ। पुष २६ देखी औपचारिक रुपमा संचालनमा आएको यस शाखाको उद्घाटन बैंक संचालक तथा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य सुनिल नारायण श्रेष्ठ गरे। 

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरको अध्यक्षता रहेको उक्त कार्यक्रममा बैंकका पश्चिम क्षेत्रका क्षेत्रिय प्रमुख कृष्ण प्रसाद अर्याल, न्यु होराइजन स्कुलका प्राचार्य लोकनाथ उपाध्याय, उद्योग बाणिज्य संघ बुटवलका बरिष्ठ उपाध्यक्ष उज्वल कसजु, बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्री लगाएतले बोलेका थिए । 

यस नयाँ शाखा सहित बैंकको शाखा संख्या ८२ पुगेका छन् भने एटिएम संख्या ३१ पुगेका छन् । निकट भविष्यमा काठमाण्डौका बिभिन्न ७ स्थान तथा देशका अन्य ठांउहरुमा शाखा संचालन गर्ने तयारी गरिरहेको बैंकले जनाएको छ। यस अवधिमा बैकले २६ अर्व निक्षेप संकलन गरी २३ अर्ब ५० करोड कर्जा प्रवाह गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत अर्मत चरण श्रेष्ठले बताए


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved