कामना सेवा विकास बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा भिजा कार्ड सुविधाको शुभारम्भ गरेको छ। बैंकका संचालक अध्यक्ष सुदीप आचार्यको हातबाट उद्घाटन गर्दै भिजा कार्ड संचालनमा ल्याएको हो।
भिजा कार्ड संचालनबाट बैंकको ब्यापार बिस्तारलाई बढाउने बैंकले बिश्वास लिएको छ। हाल बैंकले देशभरका ६८ वटा शाखा कार्यालय तथा २० वटा एटिएम मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।