ज्योति विकास बैंकद्वारा आगलागी पिडितलाई आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2019 | 11:04:07 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति विकास बैंक Jyoti Bikash Bank Limited  ले आगलागीबाट पिडितलाई आर्थिक सहयोग गरेको छ। बैंकले ललितपुरको भट्टेडाँडामा रहेको घरमा २०७५ साल माघ १४ गते सोमबार साँझ आगलागीबाट पीडित गुणकुमारी घिमिरेलाई राहतस्वरूप पचास हजार सहयोग गरेको हो। 

ललितपूर–१ प्रतिनिधिसभा सदस्य नबराज सिलवाल, प्रदेशसभा सदस्यहरु चेतनाथ सन्जेल, रामकाजी महर्जनको उपस्थिति तथा जिल्ला पार्टिका नेताहरु हरिकृष्ण ब्यनजनकार, चरसुन्दर महर्जन ,बाबुकाजी प्रधान, नबराज सन्जेल, निशान दर्लामी मगर लगायतको अगुवाईमा गुणकमारी राहत तथा सहयोग संकलन समिति मार्फत बैंकले सहयोग गरेको पचास हजार समेत गरी सात लाख पाँच हजारको चेक हस्तान्तरण गरिएको जनाइएको छ। बैकले राहत स्वरुप प्राप्त भएको रकम जम्मा गर्नको लागी चापाँगाउ स्थित शाखा कार्यलयमा खाता खोली बिशेष प्रबन्ध मिलाएको थियो।

ज्योति विकास बैंकले हाल आफ्ना ८५ वटा शाखा कार्यालय, २२ वटा एटिएम मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकले यसै आर्थिक बर्ष भित्र थप ५ वटा नयाँ शाखा तथा थप २७ एटिएम संचालनमा ल्याएको प्रक्रियामा रहेको जनाएको छ। 

 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved