डेभलपमेन्ट बैंकर्स एशोसियशनले पायो पूर्णकालीन नेतृत्व, अध्यक्षमा गरिमाका सीईओ ढकाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 11, 2019 | 03:14:23 PM मा प्रकाशित

laxmi  sunrise bank

विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एशोसियशनले पूर्णकालीन नेतृत्व पाएको छ। कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले पूर्णकालीन अध्यक्षको जिम्मेवारी पाएका छन। 

एक वर्षअघि तात्कालिन अध्यक्ष भरतराज ढकाल मुक्तिनाथ विकास बैंकबाट बाहिरिएसँगै रिक्त उक्त पदमा गोबिन्दप्रसाद ढकालले कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए। उनको पदावधी २ बर्षको हुनेछ।     

त्यस्तै शोसिएशनका प्रथम उपाध्यक्षमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रधुम्न पोखरेल, द्धितीय उपाध्यक्षमा गण्डकी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा, महासचिवमा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली, सचिवमा तिनाउ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रदीपकुमार श्रेष्ठ तथा कोषाध्यक्षमा सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ चयन भएका छन् । सदस्यहरुमा भने रेशमप्रसाद जोशी, नरेशसिंह बोहोरा, विरुराम जैसी, प्रवीण बस्नेत र नवीन सुवेदी चयन भएका छन् । 

एशोसियसनकाे साधारणसभाले नयाँ नेतृत्व चयनसँगै कार्यबाहक अध्यक्षको प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन समेत पारित गरेको छ। एशोसियसनमा हाल संचालनमा रहेका ३३ मध्ये २९ वटा बिकास बैंक आबद्द छन।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved