विकास बैंकलाई राष्ट्र बैंकको चेतावनी, ‘फाइनान्समा झर्नु पर्ला’

विजय पराजुली

विजय पराजुली

Jun 27, 2019 | 02:39:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले विकास बैंकहरुलाई असार मसान्त भित्रमा तोकिएको स्प्रेड रेट कायम गर्न नसके ५ लाखसम्म जरिवाना गर्ने चेतावनी दिएको छ । केन्द्रीय बैंकले आज विकास  बैंकका सीइओ र अध्यक्षलाई बोलाएरै मौद्रिक नीतिको तयारी भइरहेको भन्दै राष्ट्र बैंकको निर्देशन नमान्ने बैंकहरुमाथि कडा रुपले प्रस्तुत हुने चेतावनी दिएको हो ।

राष्ट्र बैंकको विकास बैंक सुपरिवेक्षण विभागले विकास बैंकहरुको अवस्थाको बारेमा पृजेन्टेसन गरेको थियो । केन्द्रीय बैंकले टेक्नोलोजिको प्रयोग गर्न नसक्ने, एनएफआरएस लागु गर्न नसक्ने, विभिन्न बहानामा राष्ट्र बैंकका निर्देशन नमान्ने तथा कमजोर सुसाशन र अवस्था भएका बैंकहरुको राष्ट्र बैंकले निगरानी गरिरहेको भन्दै मौद्रिक नीति अगावै त्यस्ता बैंकहरुले उपयुक्त पाटनर्र खोजेर गाभीने तयारी गर्न निर्देशन दिएको छ । 

विगतमा बैंकहरुको कमीकमजोरीमा राष्ट्र बैंक मौन बसेको तर अब गल्ती गर्ने बैंकलाई कारबाही गरिने राष्ट्र बैंकले बताएको छ । यस्तै विकास बैंकहरुको तर्फबाट बोल्दै महालक्ष्मी विकास बैंकका सिइओ कृष्णराज लामिछानेले विकास बैंकको अस्तित्व रहन्छ की रहँदैन भन्ने विषय नै अन्यौल रहेको भन्दै स्पसट पारिदिन आग्रह गरेका थिए । जवाफमा राष्ट्र बैंकले संस्थागत सुशासनको पालना गर्ने र राम्रो अवस्थाका विकास बैंकलाई समस्या नहुने भनै कमजोर विकास बैंकहरु फाइनान्स कम्पनीमा झर्न सक्ने सम्मको चेतावनी दिएको छ । 

मर्जरमा जान चाहाने बैंकलाई राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत थप सहुलियत प्रदान गर्ने समेत आश्वसन दिएको छ । छलफलमा क्षेत्रीय स्तरका विकास बैंक र राष्ट्रिय स्तरका विकास बैंकहरुलाई एकै ठाउँमा तुलना गरिनु नहुने माग पनि उठेको स्रोतले बताएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved