महालक्ष्मी बिकास बैंक @Maha ले पर्यटकको हब मानिने ठमेलमा शाखा कार्यालय संचालनमा ल्याएको छ। काठमाण्डौ महानगरपालिका वडा नम्बर २९ मा नयाँ शाखा संचालनमा आएसंगै शाखा संख्या ९८ पुगेको बैंकले जनाएको छ।
हाल बैंकले कुल ९८ शाखा मार्फत आफ्ना ५ लाख भन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ। बैकिङ्ग सेवाको पहुँच देशभर पु¥याउने उद्देश्य बमोजिम शाखा संजाल बिस्तार गर्ने बैंकको तयारि छ।