अस्तित्व नै समाप्त पार्दै स्थापित विकास बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 01, 2019 | 02:43:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले २०६८ सालमा बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने वा गाभिने सम्बन्धी विनियमावली जारी गरे सँगै बैंक तथा वित्तीय संस्थामा मर्जर तथा प्राप्ति लागि बाटो खुल्यो । त्यससँगै केही बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्ति प्रकियामा सामेल पनि भए ।

 राष्ट्र बैंकले २०७३ मा उक्त विनियमावलीलाई खारेज गर्दै बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ जारी गर्यो । साथै २०७२÷०७३ को मौद्रिक नीति मार्फत बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी पनि ४ गुणाले बढाउने निर्णय गर्यो । 

राष्ट्र बैंकको पुँजी वृद्धि निति र परिमार्जित मर्जर विनियमावलीको कारण बैंकहरुमा मर्जको लहर नै चल्यो। परिणमस्वरुप २०६८ मा ८७ वटा रहेका विकास बैंकहरु २०७३ सम्म आउँदा ६७ मा झरे भने २०७६ असोज मसान्तमा आउँदा २५ वटा कायम भएका छन ।विकास बैंक मात्रै नभएर फाइनान्स कम्पनीको पनि अवस्था त्यस्तै रहेको छ । २०६८ मा ७९ वटा रहेको मा २०७३ असार मसान्तमा ४२ हुँदै २०७६ असोज मसान्तमा आउँदा २२ वटामा सिमित भएको छ ।

 मर्जर निति आएदेखी २०७६ भदौ मसान्त सम्ममा १७६ वटा बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल भएको छन् । जसमध्ये १३२ वटा बैक तथा वित्तीय संस्थाको इजाजत खोरेज हुँदा ४४ वटा कायम भएको नेपाल राष्ट्रबैंकको तथ्याङक रहेको छ ।

यस अवधिमा सबैभन्दा धेरै विकास बैंकको संख्या घटेको छ । ८७ वटा रहेको विकास बैंकहरु मध्ये ६२ वटाको इजाजत खारेज भएर २५ वटा कायम भएको छ । त्यस्तै ५७ वटा फाइनान्स कम्पनीले पनि आफ्नो अस्तित्व मेटाएका छन् ।

अस्तित्व मेटाउँदै विकास बैंक

पछिल्लो समय स्थापति विकास बैंकहरु विचमा नै विलय हुने होड चलेको छ । हालै मात्रै विकास बैंकहरु मध्ये कै उत्कृष्ट मानिएको ओम डेभलपेन्ट बैंकले एनएमबी बैंकसँग मर्ज भई एकिकृत कारोबार सुरु गरेको छ । यस्तै कुनै समयको सबैभन्दा बलियो विकास बैंकहरु रुपमा चिनिएको कैलाश विकास बैंकले प्राइम विलय हुने सम्झौता गरेको छ ।अर्को उत्कृष्ट विकास बैंककै रुपमा चिनिएको गण्डकी विकास बैंकले मेगा बैंकमा विलय हुने सम्झौता गरेको छ ।

राष्ट्र बैंकले वित्तीय संस्थालाई संघिय संरचनामा जान निर्देशन दिएसँगै क्षेत्रिय स्तरका विकास बैंकमा पनि मर्जर तथा प्राप्तिको होड नै चलको थियो । तिनाउ र मिसन गत असारमा एकिकृत कारोबार गरेका थिए भने नेपाल कम्युनीटी डेभलपमेन्ट बैंक पनि तिनाउ मिसनमा नै गाभिने प्रक्रियामा रहेको छ । त्यस्तै शाइन रेसुङगा डेभलपमेन्ट बैंकले भागर्व विकास बैंक र पुर्णिमा विकास बैंकलाई गाभेर एकिकृत कारोबार सुरु गरिसकेको छ ।

त्यस्तै सहयोगी विकास बैंक सिटिजन्स बैंकमा र सहारा विकास बैंक देव विकास बैंकमा गाभिने प्रक्रियामा रहेका छन् । समस्याग्रस्तबाट फुकुवा भएका नारायणी डेभलपमेन्ट बैंक र कर्पोरेट डेभलपमेन्ट बैंक पनि मर्जको लागि पाटर्नर खोजिरहेका छन् भने सालपा र ग्रिन डेभलपमेन्ट बैंकमा पनि मर्जको विकल्प देखिदैन ।

यता फाइनान्स कम्पनीको पनि अवस्था त्यस्तै रहेको छ ।  समस्याग्रस्तबाट  फुकुवा भएको ललितपुर फाइनान्स प्राइम कमर्सियल बैंकमा विलय हुँदै छ । यस्तै जानकी फाइनान्स र मल्टीपपोर्ज फाइनान्स बीच पनि मर्जको कुराकानी भइरहेको बताइन्छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved