२५३ जनाले पाए मुक्तिनाथको लिलामिको सेयर, कट अफ मुल्य कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2019 | 11:49:42 AM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited ले लिलाममा राखेको हकप्रदमा अवितरित शेयर सकार्नेको नतिजा आएको छ। बैंकले लिलाममा राखेको सेयरमा साधारणतर्फ १३८८ र संस्थापक तर्फ २५ जनाले आबेदन दिएकोमा २४७ जनाले साधारण र ६ जनाले संस्थापक सेयर सकारेका छन। 

क्यापिटलका अनुसार साधारण शेयरको न्युनतम मूल्य २९१ र संस्थापक तर्फ १५० रुपैंया ७ पैसा कायम भएको छ। २९२ रुपैयाँ भन्दा बढीमा साधारण सेयर माग गर्ने सबैले साधारण सेयर पाएका छन। बुधबार दोस्रो बजारमा मुक्तिनाथ विकास बैंकको प्रतिकित्ता शेयर ६ रुपैंयाले बढेर ३११ रुपैंयामा अन्तिम पटक कारोबार भएको छ ।  

बैंकले संस्थापक समूहको १ लाख २ हजार ५१६ कित्ता तथा सर्वसाधारण समूहको ३ लाख ७०४ कित्ता गरी कुल ४ लाख ३ हजार २२० कित्ता शेयर लिलामी मार्फत बिक्री गरेको हो ।

बैंकले गत भदौ १२ गतेदेखि निष्काशन गरेको हकप्रदमा नबिकेको शेयर लिलामीमा राखेको हो । बैंकले चुक्ता पूँजीको २० प्रतिशतले हुन आउने ६१ करोड २९ लाख ५२ हजार २५ रुपैयाँ बराबरको ६१ लाख २९ हजार ५२० कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको थियो ।

मुक्तिनाथ विकास बैंकले गतबर्षको कमाईबाट १७.६० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.९३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव आगामी साधारण सभामा लैजाँदैछ । उक्त लाभांस लिलामीको शेयर हात पार्नेले पनि पाउने छन् ।

बैंकले यही मंसिर ३० गते साधारण सभा बोलाएको छ । साधारणसभा प्रयोजनका लागि बैंकले मंसिर २३ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्दैछ । दोस्रो बजारमा मंसिर २२ गते आइतबारसम्म बैंकको शेयर किन्नेहरुले मात्र बैंकको प्रस्तावित लाभांश पाउने छन् । बैंकको हकप्रद शेयर पनि दोस्रो बजारमा कारोबारका लागि सुचिकृत भईसकेको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved