नेपाल कम्यूनिटी र तिनाउ मिसन डेभलपमेन्ट बैंकको एकिकृत कारोवार सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 08, 2019 | 04:23:46 PM मा प्रकाशित

laxmi  sunrise bank

तिनाउ मिसन डेभलपमेण्ट बैंक र नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंक विच मर्जर भई एकिकृत कारोवार भएको छ । मर्जरपछि आईतबारबाट तिनाउ मिसन डेभलपमेण्ट बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको हो । 


मर्जरपछि यस विकास बैंकको चुक्ता पूँजी १ अर्व ६७ करोड रुपैंया, निक्षेप संकलन १४ अर्व १४ करोड, कर्जा लगानी १२ अर्व ६७ करोड र बैंकका शाखा कार्यालयहरुको संख्या ६२ वटा पुगेको छ । मर्जरपछि  बैंकको  अध्यक्षमा टिकाराम घिमिरे, प्रमुख कार्यकारी अधिकृतमा प्रदिप कुमार श्रेष्ठ र नायव प्रमुख कार्यकारी अधिकृतमा हरि प्रसाद घिमिरे चयन भएका छन्। 

राष्ट्रिय स्तरको विकास बैंक बन्ने तयारीमा रहेको यस विकास बैंकले तोकिएको चुक्ता पुँजी पुर्याउनलाई हकप्रद शेयर जारी गर्ने वा आवश्यक परेमा अन्य वित्तीय संस्थासंग मर्जर वा प्राप्तीको विकल्प खुला राखेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रदिप कुमार श्रेष्ठले जानकारी दिए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved