कामना सेवाको १०६औं शाखा भक्तपुरको लोकन्थलीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 10, 2019 | 06:34:17 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक लिमिटेड @Kamana ले प्रदेश ३ अन्तर्गत भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ। यस संगै बैंकको शाखा संख्या १०६ पुगेको छ।  

मध्यपुर थिमी नगरपालिका वडा नं ०१ का वडा अध्यक्ष सुरज खड्का तथा बैंकका अध्यक्ष सुदिप आचार्यले संयुक्त रुपमा सो शाखाको उद्घाटन गरे।    

कारोबार शुभारम्भ समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत,नायब महाप्रबन्धक हरि प्रसाद लम्साल, कर्मचारी लगायत स्थानीयवासीहरुको उपस्थिति थियो। 

उक्त कार्यक्रममा बैंकका सीईओं बस्नेतले बैंकका वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पारे। उनले बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने जानकारी गराए। हाल बैंकले आफ्ना १०६ वटा शाखा तथा ५५ वटा एटिएम मार्फत आफ्ना ग्राहकहरुलाई बैकिङ सेवा प्रदान गरिरहेको छ।  

 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved