गरिमाको लाभांश पारित, मर्जरको अधिकार सञ्चालक समितिलाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 13, 2019 | 05:04:46 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंक Garima Bikas Bank Limited को १३ औँ बार्षिक साधारण सभा सकिएको छ । साधारण सभाले शेयरधनीहरुलाई १६.१५ प्रतिशत बोनश शेयर र कर प्रयोजनाथ ०.८५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

साधारण सभाले मर्जर तथा एक्वीजिसन सम्बन्धी सम्पूर्ण अधिकार सञ्चालक समितिलाई दिएको छ । योसँगै बैंकको अधिकृत पुँजी ५ अर्ब बनाउने प्रस्ताव पनि पारित भएको छ । हाल २ अर्ब ७८ करोड ८३ लाख ६८ हजार रुपैंया चुक्ता पूँजी रहेको यस बैंकको साधारणसभाबाट पारित १६.१५ प्रतिशत बोनश शेयर वितरणपश्चात चुक्ता पुंजी ३ अर्ब २३ करोड ८६ लाख ८९ हजार पुगेको छ । 

बैंकले हाल ९० शाखा मार्फत कारोबार गर्दै आएको छ । बैंकले २०७६ मंसिर २६ गतेसम्म ३६ अर्ब ५० करोड निक्षेप संकलन गरी करिब ३२ अर्ब ५० करोड कर्जा प्रवाह गरेको जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved