महालक्ष्मी विकास बैंकले घर बनाउन लाग्ने ९० प्रतिशत खर्च ऋण दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 26, 2019 | 04:44:49 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास Mahalaxmi Bikas Bank Limited  ले घर खरिद गर्न अथवा घर निर्माण गर्न इच्छुकहरुलाई लक्षित गरी आवास कर्जा अन्तर्गत विशेष कर्जा सुविधा योजना ल्याएको छ । बैकले यस कर्जा योजना अन्तर्गत निर्माण लागतको अधिकतम ९० प्रतिशतसम्म र  घर खरिदमा अधिकतम ७० प्रतिशतसम्म कर्जा लगानी गर्ने जनाएको छ छ । 

बैंकका अनुसार यस योजनामा कर्जाको अवधि अधिकतम २५ वर्ष, सुलभ व्याजदर तथा कर्जा शुल्कमा विशेष छुट, घर निर्माणमा अग्रिम कर्जा प्रवाह साथै निःशुल्क दुर्घटना वीमा जस्ता सुविधाहरु हुने छन् । बजारमा हुनसक्ने उतार चढावबाट ऋणिलाई सुरक्षित गर्नका लागि यस योजना अन्तर्गत कर्जा प्रवाह गर्दा निर्धारित व्याजदर कर्जा अवधिभर यथावत् रहन पनि सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ । 

बैंकले १०२ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको  छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved