गरिमा विकास बैंक Gandaki Bikas Bank Limited ले सिमरा शाखा कार्यालयको उद्घाटन गरेको छ । बैंकले जितपुर सिमरा उप–महानगरपालिका वडा नं.–२ मा रहेको उक्त शाखाको सोमबार उद्घाटन गरेको हो । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक बीरगञ्जका निर्देशक राजन विक्रम थापाले गरेका हुन ।
बैंकको हाल देशभर ९०वटा शाखा र ५१ वटा एटीएमहरु रहेका छन ।