मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited ले लघुबैंकिङ्ग कार्यालयका सदस्यको ऋणको भुक्तानी गरेको छ । बैंकको दमौलीस्थित लघुबैंकिङ्ग कार्यालयमा सदस्य रहेकी मोहोनी माया थापा मगरको मृत्यु भएपछी उनका श्रीमान भूपाल थापा मगरलाई रकम भुक्तानी गरेको हो ।
बैँकका दमौली शाखाका प्रमुख उदयराज तिमिल्सिना, लघुवैकिङ्क प्रमुख ध्रुवराज घिमिरे,वडा सदस्य सुर वहादुर थापाले संयुक्त रुपमा भुक्तानी साँवा र ब्याज बापतको रकम मगरलाई दिएका छन् ।
उनलाई साँवा र ब्याज बापतको रकम चौउन्न हजार दुई सय अठहतर र काज किरिया खर्च बापतको रकम पाँच हजार समेत गरी जम्मा उन्नसाठी हजार दुई सय अठहतर रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको बैंकले जनाएको छ । त्यसैगरी तिर्न बाँकी रहेको कर्जा दुई लाख एघार हजार चार सय चालिस रुपैयाँ समेत मिनाहा गरेको जनाइएको छ ।