एनआईबिएल सहभागिता फण्डको इकाई खरिद विक्रि गर्न केन्द्र तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 07, 2020 | 04:27:56 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईबिएल एस क्यापिटलको एनआईबिएल सहभागिता फण्ड खरिद तथा विक्रिको लागि केन्द्र तय गरेको छ । कम्पनीले  सहभागिता फण्डको इकाई खरिद बिक्रिको लागि गुडविल फाइनान्स र मुक्तिनाथ विकास बैंकलाइ केन्द्र तोकेको हो । 

केन्द्र तय सम्बन्धि सम्झौतापत्रमा क्यापिटलका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा, फाईनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सरोज काजी तुलाधर र बैंकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल प्रसाद गुरुङ्गले हस्ताक्षर गरेका हुन् ।

गुडविल फाइनान्स र  मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयहरुबाट माघ १ देखि “एनआईबिएल सहभागिता फण्ड” को ईकाइहरु लगानीकर्ताहरुले खरिद बिक्री गर्न सक्नेछन् ।  यस अघि सो योजनाका इकाईहरुको कारोवार नेपाल ईन्भेष्टमेण्ट बैंकका तोकिएका शाखा तथा क्यापिटलका सम्पूर्ण शाखाबाट असोज २७ गते देखि खरिद बिक्रि हुदैं आइरहेको कम्पनीले जनाएको छ ।

एनआईबिएल सहभागिता फण्ड नेपाल जे पहिलो खुलामुखी योजना हो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved