सांग्रिलाको लाभांश पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2020 | 05:47:19 PM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited को लाभांश पारित भएको छ। बैंकको १५ औं बार्षिक साधारणसभाले  संचालक समितिले गत आर्थिक बर्षको कमाईबाट प्रस्ताव गरेको चूक्तापूँजीको ८.९५९ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको हो ।

हाल बैंकको चूक्ता पूँजी २ अर्ब ६० करोड ६६ लाख ४० हजार ४ सय रुपैयाँ छ । बैंकले २३ करोड ३५ लाख ३७ हजार २९६.९६ रुपैयाँ लाभांश वितरण गर्नेछ।

त्यस्तै साधारण सभाले आर्थिक बर्ष २०७५/०७६ को वार्षिक प्रतिबेदन पारित गरेको छ । बैंकले हाल ८९ शाखा, २६ एटिएम मार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved