३३ बैंक तथा वित्तीय संस्था मर्जर प्रक्रियामा, १८ वटा खारेज हुँदै

विजय पराजुली

विजय पराजुली

Jan 19, 2020 | 01:02:32 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक तथा वित्तीय क्षेत्रमा मर्जरले तिव्रता पाएको छ । पछिल्लो तथ्याङक अनुसार ३३ वटा बैंक तथा वित्तीय संस्था मर्जर प्रक्रियामा रहेका छन् । जसमध्ये १८ वटाको इजाजत खारेज भएर १५ वटा संस्था कायम रहनेछ । मर्जर प्रक्रियामा सबैंभन्दा धेरै २२ वटा लघुवित्त वित्तीय संस्था रहेका छन् । त्यस्तै पाँचवटा वाणिज्य बैंक, चार वटा विकास बैंक र दुई वटा फाइनान्स कम्पनी रहेका छन् ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत मर्जरमा जाने संस्थालाई प्याकेजको घोषण गरेको थियो । यस्तो प्याकेजले वाणिज्य बैंकलाई खासै प्रोत्साहन गर्न नसके पनि झन्डै २ दर्जन लघुवित्त कम्पनीहरु भने मर्जर प्रक्रियामा गएका हुन् । एक आपसमा मर्जरको सम्झौता नगरे पनि विकास बैंक र फाइनान्स कम्पनीलाई गाभेर बलियो संस्थाको रुपमा अगाडी बढ्ने योजनामा वाणिज्य बैंकहरु रहेको देखिन्छ ।

बलिया विकास बैंक धमाधम मर्जरमा

यता बलियो भनेका विकास बैंकहरुले पनि धमाधम वाणिज्य बैकमा विलय हुने सम्झौता गरिरहेका छन् । हाल २४ वटा विकास बैंक संचालनमा रहेकामा ५ वटा विकास बैंकले अन्य वाणिज्य बैंकमा विलय हुने सम्झौता गरिसकेका छन् । राष्ट्रिय स्तरको बलियो कैलाश विकास बैंकले प्राइम कमर्शियल बैंकमा विलय हुँने् सम्झौताले विकास बैंकहरुनै तरंगित बनेका थिए । गत असार २५ गते मर्जर सम्झौता गरेका प्राइम र कैलाशले साधारणसभाबाट पारित गरेर अन्तिम स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाएका छन् । यि दुई बैंकले चाँडै नै एकिृत कारोबार सुरु गर्ने सम्भावना रहेको छ । ललितपुर फाइनान्सलाई पनि प्रप्ति गर्ने सम्झौता गरेको प्राइमले फाइनान्समा राष्ट्र बैंकको छानविन चलिरहेको कारण प्रक्रिया अगाडी बढाउन सकेको छैन । यस्तै अर्को बलियो विकास बैंक गण्डकीले मेगा बैंकमा गाभिने सम्झौता गरी प्रक्रिया अगाडी बढाएको छ । मेगाले गत असोज १४ गते गण्डकीलाई प्राप्ति गर्ने सम्झौतामा हस्ताक्षर गरेको थियो ।

गत साता मात्रै राष्ट्रिय स्तरको देवः विकास बैंकले कुमारी बैंकमा गाभिने सम्झौता गरेको छ । यस्तै गत असार २२ गते सिटिजन्स बैंकले प्रदेश दुईको सहयोगि विकास बैंकलाई प्राप्ति गर्ने सम्झौता गरेको छ। सिटिजन्सले सहयोगिलाई प्राप्ति गर्ने प्रस्ताव साधारणसभाबाट समेत पारित गराईसकेको छ । तर स्वापलाई देखाएर सहयोगिले साधारणसभा बोलाउन अलमल गरेपछि राष्ट्र बैंकले नै अग्रसरता लिएर स्वापको विवाद मिलाइदिन भूमिका खेलेको थियो । यता नेपाल इन्भेष्टमेन्ट बैंकले सिटि एक्सप्रेस फाइनान्सलाई गाभ्ने सम्झौता गरेको छ । समस्याग्रस्त वित्तीय संस्थाबाट फुकुवा भएर कारोबार सुरु गरेको करिब एक वर्षपछि बैंकले कम्पनिलाई गाभ्ने सम्झौता गरेको हो ।

लघुवित्तमा ब्यापक चहलपहल

यता लघुवित्तमा पनि मर्जरको चहपहल सुरु भएको छ । साधानाले आर्थिक समृद्धिलाई गाभेर लघुवित्तमा मर्जरको सुरुवात भएको थियो। हालसम्म आउँदा वोमी लघुवित्तले नागरीकलाई, एनआरएन लघुवित्तले रामारोशन लघुवित्त र क्रिएटिभ लघुवित्तलाई तथा कालीका र जनसेवीको मर्लेजर सफल भईसकेको छ ।

चौतारी र आरम्भ लघुवित्तको मर्जर अन्तिम चरणमा रहेको छ त्यस्तै उन्नती र सहकार्य तथा सुर्योदय र र त्रिलोक लघुवित्तको मर्जर पनि अन्तिम चरणमा रहेको छ । साधारण शेयर जारी नगरेका मनकामना र स्मार्ट लघुवित्त तथा जिवन विकास लघुवित्त र गरिवी न्यनीकरण लघुवित्तले पनि गत कार्तिक २९ गते मर्जर सम्झौता गरेको छन् । गत असोज ३० गत नेपाल एग्रो लघुवित्त र नेष्ट्रो समृद्धि लघुवित्तले मर्जर सम्झौता गरेर प्रक्रिया अगाडी बढाएका छन् ।

यस्तै धौलागिरी लघुवित्त र आँधिखोला लघुवित्तले पनि पुष १५ गते मर्जर सम्झौता गरेका छन्। किसान र नागवेलीसँग मर्जर तोडेको मिर्मिरेले स्वेडा लघुवित्तलाई गाभ्दै छ । स्वेडाले पनि विजय लघुवित्तसँग सम्झौता तोडेको थियो । दुई वटा लघुवित्त गाभिसेको एनआरएन लघुवित्तले किसान र दिब्य लघुवित्त सँग मर्जर गर्दैछ । किसानले पनि यसअघि मिर्मिरे र नागवेली सँग मर्जर गरेको थियो । यस्तै युनिक नेपालले बुद्धज्योति लघुवित्तलाई प्राप्ति गर्ने सम्झौता गरेको छ ।

धेरै संख्यामा वित्तीय संस्था मर्जर प्रर्कियामा रहेपनि विकास बैंक र फाइनान्सलाई गाभ्ने वाणिज्य बैंकले भने मौद्रिक नीतिले घोषणा गरेको सहुलियत प्याकेज नपाउने राष्ट्र बैंक बताउँछ । वाणिज्य बैंकबीच भनेहालसम्म एउटा मात्र मर्जर भएको छ । ग्लोबल आईएमई र जनता बैंक मर्ज भई ग्लोबल आईएमइको नामबाट एकिकृत कारोबार सुरु भईसकेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved