संस्थागत ग्राहकलाई मुक्तिनाथको नयाँ योजना, यस्ता छन् विशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2020 | 12:51:00 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंकले २ नयाँ खाता योजना सार्वजनिक गरेको छ । बैंकले मुक्तिनाथ संस्थागत उपलब्धि खाता र मुक्तिनाथ ब्यक्तिगत उपलब्धि  बचत खाता संचालनमा ल्याएको हो ।

बैंकले संस्थागत निक्षेपकर्ताहरुलाई ध्यानमा राख्दै संस्थागत उपलब्धि खाता संचालनमा ल्याएको जनाएको छ । जसमा ६.५ प्रतिशत सम्म ब्याज प्रदान गरिने र ७ लाख सम्मको सामुहिक दुर्घटना बीमा सुविधा पाइने बैंकले जनाएको छ । गैरसरकारी संस्था, ब्यक्तिगत लगानीको फर्म, सामुहिक लगानीको फर्म, पब्लीक तथा प्राइभेट लिमिटेड कम्पनी, सहकारी संस्थाको संचालक समिति, पार्टनर, लगानीकर्ताहरले यो सेवा प्राप्त गर्ने बैंकले जनाएको छ ।

यसको लागि संस्थाले न्युनतमा १ हजार ब्यालेन्स सहितको संस्थागत खाता खोल्नुपर्ने बैंकले जनाएको छ । उक्त खातामा बैंकले इन्टरनेट बैंकिङ १ वर्ष सम्म निशुल्क प्रदान गर्नेछ । त्यस्तै बैंकले एबिविएस सेवा, निशुल्क चेकबुक, निशुल्क बैंक स्टेटमेन्ट समेत उपलब्ध गराउने जनाएको छ । उक्त दुर्घटना बीमा पाउनको लागि भने संस्थाको बोर्ड सदस्य, पार्टनर र प्रोपाइटरहरुले न्युनतमा १ हजार रुपैयाँ ब्यालेन्स भएको मुक्तिनाथ प्रिमीयम बचत खाता खोल्नुपर्ने हुन्छ । साधारण मुक्तिनाथ प्रिमीयम बचत खातामा भने ७ लाख सम्मको दुर्घटना बीमा सेवा नरहेको बैंकले जनाएको छ । उक्त बीमा सेवा संस्थाको पदमा बहाल रहँदासम्मको लागि लागु हुनेछ । बैंकले  कल र करेन्ट निक्षेपलाई आकर्षण गर्न यो योजना ल्याएको जनाएको छ ।

यस्तै बैंकले संस्थाका कर्मचारीलाई लक्षित गर्दै मुक्तिनाथ ब्यक्तिगत उपलब्धि  बचत खाता समेत संचालनमा ल्याएको छ । यो खतामा पनि मासिक ७ प्रतिशत ब्याजको साथै ७ लाख सम्मको दुर्घटना बीमा रहेको छ । संस्थाले आफ्ना कर्मचारीलाई पे रोलको माध्यमबाट तलब भुक्तानीको लागि यो सेवा उपयोग गर्न सक्ने बैंकले जनाएको छ । ब्यक्तिगत रुपमा भने यो खाता खोल्दा बीमा सेवा नपाइने तर पे रोलको लागि संस्थाको सिफरिसमा खोल्दा मात्रै बीमा सेवा पाइने बैंकले जनाएको छ ।

यसको लागि संस्थागत मुक्तिनाथ संस्थागत उपलब्धि बचत खाता अनिवार्य नरहेको बैंकले जनाएको छ । यस खाताको लागि न्युनतमा मौज्दात १०० रुपैयाँ रहेको छ भने पहिलो वर्ष डेविट कार्ड निशुल्क उपलब्ध हुनुको साथै नेपालभित्रको जुनसुकै एटीएममा पनि नि शुल्क पैसा झिक्न सकिनेछ । इन्टरनेट बैंकीङ, एसएमएस बैंकिङ पनि एक वर्षको लागि निशुल्क प्रदान हुने बैंकले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved