महालक्ष्मीका ग्राहकलाई चिरायु हस्पिटलमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2020 | 04:11:17 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited  का ग्राहकले चिरायु हस्पिटलमा छुट पाउने भएका छन् । बैंक र हस्पिटलबीच भएको सम्झौतापछि बैंकका ग्राहकले छुट पाउने भएका हुन् । सम्झौता अनुसार बैंकको डेबिट कार्ड प्रयोगकर्ता ग्राहक, कर्मचारी, कर्मचारीका परिवारले उक्त हस्पिटलमा उपचार गराउँदा २० प्रतिशतसम्म छुट पाउनेछन् । उपचार प्रक्रियामा अधिकतम १५ प्रतिशत, रोगको निदानमा १२ प्रतिशत, औषधीमा ५ प्रतिशत र बेड चार्जमा २० प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ ।

सम्झौतामा बैंकका बजार व्यवस्थापन प्रमुख प्रकाश घिमिरे र हस्पिटलका सञ्चालन निर्देशक चण्डेश्वर एन.आर. वैद्यले हस्ताक्षर गरे ।

बैंकले हाल १०२ वटा शाखामार्फत सेवा दिँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved