शाइन रेसुङ्गा र ईसेवाबिच वित्तीय पहुंच बृद्धिको सम्झौता, ग्राहकलाई निशुल्क बैंकिङ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2020 | 06:35:39 PM मा प्रकाशित

laxmi  sunrise bank

 शाइन रेसुङ्गा डेभलपमेन्ट बैक Shine Resunga Development Bank Limited  र ई सेवा फोन पे प्रालिबिच वित्तीय पहुंच बृद्धिका लागि सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल र ई–सेवा फोन पेको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभाष सापकोटाले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि ग्राहकले शून्य मौज्दातमा खाता खोल्न सक्ने र निःशुल्क बैंकिङ सेवा प्राप्त गर्न सक्ने छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत पौडेलले सर्वसाधारणमा वित्तीय पहुंच र वित्तीय साक्षरता बृद्धि गर्ने उद्देश्यले ई सेवासँग सहकार्य गरिएको बताएका छन्  । बैंकले निकट भविष्यमै संघीय राजधानी काठमाडौंसहित सात वटै प्रदेशका मुख्य शहरमा शाखा कार्यालय विस्तार गर्ने उनले बताए । 

हाल बैंकको  अधिकृत पूँजी पांच अर्ब र जारी पूँजी दुई अर्ब ६२ करोड रहेको छ । बैंकले प्रदेश ५ का १० तथा बागमती र गण्डकी प्रदेशमा एक–एक गरी गरी १२ जिल्लामा ७० वटा शाखा र एक एक्सटेन्सन कार्यालय मार्फत सेवा दिदै आएको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved