कामना सेवाको नाफ १४ करोड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 27, 2020 | 07:58:36 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited  ले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा १४.८५ करोडखुद नाफा कमाएको छ । 

यस अवधिमा बैंकको कर्जा तथा सापटी गत वर्षको तुलनामा ४.२० अर्बबाट वृद्धि भर्ई २४.४४ अर्ब पुगेको छ । बैंकको निक्षेप ५ अर्ब वृद्धि भइ २७.९७ अर्ब पुगेको छ । बैंकले कर्जा तथा सापटीतर्फ २०.८० प्रतिशत तथा निक्षेप संकलनतर्फ २१.७७ प्रतिशतको वृद्धि गरेको हो । यस्तै बैंकले यस आर्थिक वर्षमा ५७.४१ करोड खुद ब्याज आम्दानी गरेको छ जुन अघिल्लो आर्थिक वर्ष ३७.९८ करोड रहेको थियो । समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ११.६९ रहेकोमा मूल्य आम्दानी अनुपात १२.३१ रहेको छ । 

बैंकले २०७६ असार मसान्तसम्ममा ९४ शाखा तथा ४३ वटा एटिएम रहेकोमा चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ११४ शाखा र ५८ एटिएम पुर्याएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved