विकास बैंकहरुको माग, ‘सरकारी खाता चलाउन देउ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 05, 2020 | 05:27:36 PM मा प्रकाशित

laxmi  sunrise bank

डेभलमेन्ट बैंकर्स एसोसिएसनका उपाध्यक्ष प्रद्युमन पोख्रेलले विकास बैंक साना व्यवसायीको लागि काम गर्ने संसथा भएको बताएका छन् । राष्ट्र बैंकले आयोजना गरेको कार्यक्रममा उनले साना व्यवसाको लागि काम गर्ने विकास बैंकहरुमा करको सहजिकरण गर्न सकिए कर्जा संकुचनको डर अन्त्य हुने बताए । 

१५ लाख सम्मको कर्जामा २ प्रतिशत प्रिमीयम र सेवाशुल्क लिन नपाउने ब्यवस्थाले कर्जा लगानीमा कमी आएको र सेवाग्राही सहकारीमा गएर बढी ब्याजदरमा बढी शुल्क तिरेर कर्जा लिनुपर्ने बाध्यतामा रहेको पोख्रेलको भनाई छ । विकास बैंकलाई पनि सरकारी खाता संचालन र क्रेडिट कार्ड संचालनको ब्यवस्था गर्न समेत उनले माग गरे । यस्तै मौद्रिक नीतिमा विकास बैंकहरुले नेपाल मुद्रामा प्रतितपत्र खोल्न पाउनुपर्ने ब्यवस्था गरेको तर कार्यान्वयन नभएकोप्रति उनले राष्ट्र बैंकको ध्यानाकर्षण समेत गराए । 

वित्त कम्पनी संघका अध्यक्ष सरोजकाजि तुलाधरले सरकारको राजश्व लक्ष्य पुरा गर्न वित्तीय क्षेत्रलाई माध्यम बनाईएको बताए । एकैपटक सबैतिर कडाई गर्दा सरकारको आर्थिक वृद्धिको लक्ष्य पुरा हुन सक्छ ? भन्ने प्रश्न गर्दै उनले ८.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पूरा हुन कर्जा विस्तार हुनुपर्नेमा जोड दिए । यसका लागि राष्ट्र बैंकले संकुचित निती लिन नहुने उनको भनाई छ ।

यस्तै लघुवित्त बैंकर्स संघका उपाध्यक्ष भेषराज पन्थीले बैंकहरुले लगानी सहुलियतपुर्ण कर्जा र १० लाख भन्दा सानो कृषि कर्जालाई लघुवित्तबाट प्रवाह गर्न मिन्ने ब्यवस्था गर्न माग गरे । उक्त ब्यवस्था भएमा सरकारको उदेश्य पनि पुरा हुने बैंकर्सलाई पनि सहज हुने र लघुवित्तको फण्डको समस्या पनि समाधान हुने उनको भनाई थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved