गण्डकी विकास बैंकद्वारा विद्यालयलाई सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2020 | 05:52:39 PM मा प्रकाशित

laxmi  sunrise bank

गण्डकी विकास बैंक Gandaki Bikas Bank Limited  ले बिद्यालयलाई फर्निचर सामाग्री प्रदान गरेको छ । बैंकले पोखरा महानगरपालिका ३१ स्थित आनन्द ज्योति माध्यमिक बिद्यालयलाई फर्निचर सामाग्रीहरु हस्तान्तरण गरेको हो ।

बैंकले विद्यालयलाई १५ जना सम्म बस्न मिल्ने  ५ वटा सोफा, २ वटा अफिस टेवल तथा कार्पेट लगाएतका सरसामाग्रीहरु हस्तान्तरण गरेको हो । उक्त सामाग्रीहरु बैंकका अध्यक्ष सुशिल गौचनको नेतृत्वमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्रनाथ अधिकारीलाई हस्तान्तरण गरेको बैंकले जनाएको छ । 

सहयोग सामग्री ग्रहण गर्दै अध्यक्ष अधिकारीले बैंकप्रति आभार व्यक्त गर्दै विद्यालयको विकासका लागि आगामि दिनमा समेत सहयोग पु¥याउने आशा व्यक्त गरेका छन् ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved