भिडियो कन्फरेन्स मार्फत बस्यो कामना सेवाको सञ्चालक समितिको बैठक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2020 | 06:03:06 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited  काे सञ्चालक समितिको बैठक भिडियो कन्फरेन्स मार्फत बसेको छ । बैंकको २८९ औं उक्त बैठक बुधबार बसेको हो । 

उक्त बैठकले भावी रणनीतिको सम्बन्धमा नीतिगत निर्णय गर्न तथा आवश्यक दिशानिर्देश गरेको बैंकले जनाएको छ । 

बैठकले देश लकडाउनमा परेका कारण पिडामा परेका गरिब तथा असहाय व्यक्ति तथा परिवारहरुको दैनिकी सञ्चालन तथा सहजीकरणको निमित्त वडा, गाउंपलिका तथा नगरपालिकाहरुसँग सहकार्य गर्दै अगाडि बढ्न बैंक व्यवस्थापनलाई निर्देशन दिएको छ । 

बैंकले १२३ वटा शाखा तथा ६५ वटा एटीएम मार्फत सेवा दिदै आइरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved