कामना सेवा विकास बैंकद्धारा खाद्यान्न सामग्री वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2020 | 06:11:22 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited  ले धनगढी उप–महानगरपालिकालाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ । 

ज्याला मजदुरी गर्ने परिवारका लागि उक्त खाद्यान्न वितरण गरेको बैंकले जनाएको छ । 

बैंकले धनगढी उप–महानगरपालिकाको सहकार्यमा वितरण गर्ने गरी एक लाख बराबरको चामल, दाल, तेल नुन लगायतका खाद्यान्न सामग्रीहहरु हस्तान्तरण गरेको जनाएको छ । बैंकका धनगढी शाखा प्रमुख हरी जोशी तथा अत्तरीया शाखा प्रमुख हर्ष बहादुर भण्डारीले संयुक्त रुपमा उक्त राहत सामग्री धनगडी उप–महानगपालिकाका प्रमुख नृप बहादुर वड तथा उप–प्रमुख सुशीला मिश्र भट्ट मार्फत हस्तान्तरण गरेका हुन् । 

बैंकले १२३ वटा शाखा कार्यालयहरु तथा ६५ वटा एटीएम मार्फत सेवा दिदै आइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved