२ दिन मुक्तिनाथ विकास बैंकको सबै शाखा खुला रहने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 09, 2020 | 02:56:26 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited २ दिन आफ्ना सम्पूर्ण शाखा कार्यालय हुला राख्ने भएको छ । बैंकले चैत्र २८ गते शुक्रबार र ३० गते आइतबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म आफ्ना सबै शाखा  खुला राख्ने जनाएको हो ।

यस अघि बैंकले सातवटै प्रदेशहरुमा आलोपालो प्रणाली अन्तर्गत शाखाहरु सञ्चालन गरेको थियो  ।  शाखा खुल्ने अवधिमा नगद जम्मा तथा भुक्तानी, कर्जाको किस्ता तथा ब्याज भुक्तानी साथै कर्जा नविकरणको कार्य गर्न सकिने बैंकले जनाएको छ  ।

बैंकले बैंकमा आउँदा एक पटकमा ५ जना भन्दा बढी शाखा कार्यालय भित्र प्रवेश नगर्न, कार्यालय भित्र एक अर्का बिच कम्तीमा १ मिटरको दुरी कायम गर्न र मास्क तथा स्यानीटाइजरको अनिवार्य रुपमा प्रयोग गर्न आग्रह गरेको छ । 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved