देवः बिकास बैंक @De ले मानव सेवा आश्रमलाई खाद्यान्न सामाग्री प्रदान गरेको छ । बैंकले बुटवल उपमहानगरपालीका वडा नम्बर ६ सुख्खानगरस्थित आश्रमलाइ १ लाख रकम बराबरको खाद्यान्न सामाग्री प्रदान गरेको हो ।
बैंकको बुटवल शाखा कार्यालयका प्रबन्धक राजन अधिकारीले उक्त राहत सामाग्री आश्रमका राष्ट्रिय महासचिव शुसिला केसीलाई हस्तान्तरण गरेका हुन् ।
राहत वितरण कार्यक्रममा प्रबन्धक अधिकारीले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्ने शिलशिलामा आश्रमका आश्रितहरुलाई राहत पुगोस भन्ने उद्देश्यले उक्त सामाग्री प्रदान गरिएको बताए ।
त्यस्तै महासचिव केसीले सहयोगापेक्षी बेसहारा मानवका लागि बैंकले प्रदान गरेको सहयोगको उच्च प्रसंशा गर्दै सबैको सहयोगले मानव सेवाको नमुना कार्य भएको बताइन् ।
यसअघि पनि बैंकले आश्रमलाई ३ लाख रकम बराबरको भौतिक सामाग्री प्रदान गरेको बैंकका कार्यकारी निर्देशक बिजयबहादुर श्रेष्ठले बताए ।