महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited ले विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकको विभिन्न शाखाले विभिन्न विद्यालयहरुलाई आर्थिक सहयोग गरेको हो ।
बैंकको भैरहवार नारायणगढ शाखाले रुपन्देहीको सिद्दार्थनगर नगरपालिका वडा न. ९ मा अवस्थित भानु माध्यामिक विद्यालयलाई एक लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । त्यस्तै चितवनको भरतपुर महानगरपालिका वडा न. ११ मा अवस्थित जखडीमाई राष्ट्रिय आधारभूत विद्यालयमा निर्माण गर्न लागिएको महिला मैत्री शौचालयका लागि एक लाख ५० हजार रुपैयाँ हसयोग गरेको बैंकले जनाएको छ ।