ज्योति विकास बैंकको सीईओमा भट्ट नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2020 | 05:52:12 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति विकास बैंक Jyoti Bikash Bank Limited  को प्रमुख कार्यकारी अधिकृतमा श्रीचन्द्र भट्ट नियुक्त भएका छन्  । बैंकको बिहिबार बसेको संचालक समितिको बैठकले भट्टलाई सीइओ नियुक्त गरेको गरेको हो ।  उनले साउन ७ देखि कार्यभार सम्हाल्ने बैंकले जनाएको छ  

भट्ट यस अघि आइएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत थिए । सन् १९९८ मा  नेपाल इन्भेष्टमेन्ट बैंकबाट करिअर सुरु गरेका उनी बैंकमा सहायक महाप्रबन्धकसम्म भएका थिए । त्यसपछि उनी नायब प्रमुख कार्यकारी अधिकृत भएर मेगा बैंक गएका थिए ।  

बिगतमा इन्स्योरेन्स कम्पनी, बैंक तथा वित्तीय संस्थाहरुमा आबद्ध रहेका भट्टसँग रेमिट टु नेपाल प्राइभेट लिमिटेडमा समेत प्रमुख कार्यकारीको रुपमा काम गरेको अनुभव रहेको छ ।  बैंकर मनोज ज्ञवालीले सीईओ पदबाट राजिनामा दिएपछि उक्त पद रिक्त थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved