मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा शर्मा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2020 | 01:00:07 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited  को स्वतन्त्र संचालकमा श्यामसुन्दर शर्मा नियुक्त भएका छन् । बैंकको संचालक समितिले शर्मालाई स्वतन्त्र संचालकमा शुक्रबार नियुक्त गरेको हो ।

उनसँग नेपाल सरकारको उच्च पदमा रही विभिन्न मन्त्रालय अन्तर्गत करिब ३९ वर्ष कार्य गरेको अनुभव छ । व्यवस्थापन विज्ञको रुपमा समेत परिचित शर्मा विभिन्न दातृ निकायहरुमा नीतिगत परामर्शदाताको रुपमा कार्य गर्दै आएका छन् ।

 शर्माले बेलायतको लिभरपुल विश्वविद्यालय तथा त्रिभुवन विश्वविद्यालयबाट सार्वजनिक प्रसाशन विषयमा स्नातकोत्तर तह, त्रिभुवन विश्वविद्यालयबाट बिज्नेस प्रसाशन विषयमा स्नातकोत्तर तह र सर्रे विश्वविद्यालय बेलायतबाट टुरिजम म्यानेजमेन्ट विषयमा अध्ययन गरेका छन् । 

बैंकले हाल ४२ जिल्लामा १३७ वटा शाखाहरु मार्फत सेवा दिदै आइरहेको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved