कामना सेवा विकास बैंकले अल पसलमा आवद्दलाई सहुलियत कर्जा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2020 | 05:22:04 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास Kamana Sewa Bikas Bank Limited बैंक र अल पसल पब्लिकबीच सम्झौता भएको छ । बैंक र अल पसल पब्लिकबीच सहुलियतपूर्ण कर्जाका लागि सम्झौता भएको बैंकले जनाएको छ । 

आर्थिक अभिमुखीकरण तथा स्वरोजगारमूलक व्यवसायको विकास तथा प्रवर्धन गर्ने उद्देश्यकासाथ सहुलियतपूर्ण कर्जाको माध्यमबाट लक्षित वर्गको आय आर्जन वृद्धिका लागि द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको बैंकले जनाएको छ । 

उक्त सम्झौता पत्रमा कामना सेवा विकास बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र अल पसल पब्लिक लिमिटेडको तर्फबाट अध्यक्ष झविन्द्र पन्थीले कामना सेवा विकास बैंकमा आयोजित एक कार्यक्रमका बीच हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता पश्चात बैंकले नेपाल राष्ट्र बैकद्वारा तोकिएको मापदण्डको अधीनमा रहि अल पसल पब्लिक लि.मा आबद्ध व्यवसायीहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान गरी उनीहरुको आर्थिक तथा समाजिक विकासमा टेवा पु¥याउने प्रमुख लक्ष्य रहेको  प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले जानकारी दिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved