नारायणी डेभलपमेन्ट बैंक समस्याग्रस्तको सुचीबाट हट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2020 | 08:22:35 AM मा प्रकाशित

laxmi  sunrise bank

नारायणी डेभलपमेन्ट बैंक समस्याग्रस्तको सुचीबाट फुकुवा भएको छ । नेपाल राष्ट्र बैंकको साउन ८ गतेको निर्णय अनुसार बैंकलाई शशर्त समस्याग्रस्तको सुचीबाट हटाईएको राष्ट्र बैंकले जनाएको हो । 

चितवनको रत्नगरमा मुख्य कार्यालय रहेको यस बैंकलाई राष्ट्र बैंकले ७० साल चैत्र २७ देखि समस्याग्रस्त घोषणा गरेको थियो । समस्याग्रस्त घोषणा गर्दै राष्ट्र बैंकले निक्षेप राख्न, कर्जा दिन , जमानत प्रदान गर्न लगायातका कार्यमा रोक लगाएको थियो । अब भने बैंकले बैंकिंग कारोबार गर्न पाउने छ ।

 बैंकमा नयाँ शेयर लगानीकर्ता छिरेर साधारणसभा गरेसँगै राष्ट्र बैंकले बैंकलाई समस्याग्रस्तको सुचीबाट हटाएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved