मुक्तिनाथ विकास बैंकका ग्राहकले हाउस अफ ईन्टेरियरमा छुट पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2020 | 01:36:40 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited लिमिटेड र हाउस अफ ईन्टेरियरबीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई कम्पनीले दिने सेवामा तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी सम्झौता भएको हो ।

सम्झौतापत्रमा हाउस अफ ईन्टेरियरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमेर ज्ञवाली र मुक्तिनाथ विकास बैंकका तर्फबाट नायव सहायक प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्गले हस्ताक्षर गरेका हुन् । 

सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले हाउस अफ ईन्टेरियरका सेवाहरुमा (Interior Product, Electricity, Marble, Furniture and Fixture, Furnishing, woodworks, 3D Design tyf cGo Interior Designing) छुट पाउने व्यवस्था रहेको बैंकले जनाएको छ । 

मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३८ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आईरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved