कामना सेवा र सिद्धार्थ बैंकबीच विप्रेषण सम्बन्धी सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2020 | 04:46:27 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा Kamana Sewa Bikas Bank Limited बैंक र सिद्धार्थ बैंकबिच विप्रेषण सम्बन्धी कारोबारको लागि  एक अर्काको प्रतिनिधी भई सहकार्य गर्ने गरी  सम्झौता सम्पन्न भएको छ ।

सम्झौतापश्चात ग्राहकहरुले अझै सहजरुपले विप्र्रेषण सम्बन्धी सेवा लिन सक्ने र बैंकको व्यवसाय विस्तारमा पनि सहयोग पुग्ने दुबै बैंकले विस्वास लिएका छन् । 

कामना सेवाका  तर्फबाट  डिपोजिट तथा ट्रान्जेक्सन बैकिङ प्रमुख सुवास भट्टराई  तथा  सिद्धार्थ बैंकका तर्फबाट  विप्रेषण विभाग प्रमुख पंकज पन्तले  सम्झौता पत्रमा  हस्ताक्षर गरेका हुन् ।

बैंकले   देशका विभिन्न भागहरुमा १२४ वटा शाखा तथा ६६ वटा एटिएममार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । साथै, बैंकले एबिबिएस, एसएमस बैंकिङ् , मोबाईल बैंकिङ्, सि आस्वा, अनलाईनबाट खाता खोल्ने र कर्जा आवेदन जस्ता  विभिन्न माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved