कामना सेवाका ग्राहकलाई पिसिआर परिक्षणमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 28, 2020 | 03:26:42 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited का ग्राहकले पिसिआर परीक्षणमा छुट पाउने भएका छन् । बैंकले सूरिया हेल्थ केयर प्रा.लि. संग सहकार्य गरेको जनाएको छ । उक्त सहकार्यपश्चात बैंकका ग्राहकले विशेष छुटका साथ सहुलियत दरमा पिसिआर परिक्षणको सुविधा पाउने भएका हुन् ।

बैंक र हेल्थ केयरको सहमति अनुरुप अब कामना सेवा विकास बैंकका सम्पूर्ण ग्राहकहरुले सूरिया हेल्थ केयरमा कोरोना संक्रमण सम्बन्धी गरिने पिसिआर परिक्षण गर्दा १५ प्रतिशतको छुट प्राप्त सक्नेछन्  । 

कोभिड–१९ ले ल्याएको विषम परिस्थितिलाई मध्यनजर गर्दै बैंकका ग्राहकहरुलाई  थप सहयोग पुगोस भन्ने उद्देश्यले  यस्तो सुविधा ल्याएको बैंकले जनाएको छ । 

बैंकले  देशका विभिन्न भागहरुमा १२४ वटा शाखा तथा ६६ वटा एटिएममार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved