महालक्ष्मी विकास बैंकका ग्राहकलाई कोरोना परिक्षणमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 06, 2020 | 06:10:32 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited  र सेन्ट्रल डायगनोस्टिक ल्याब्रोटरीबीच छुट सम्बन्धि सम्झौता भएको छ  । सम्झौता पत्रमा बैंकका तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत सागर शर्मा र कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उमेश प्रसाद गुप्ताले हस्ताक्षर गरेका छन् ।  

सम्झौता अनुसार बैंकको डेबिट कार्ड तथा मोवाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु, कर्मचारी लगायत कर्मचारीका परिवारले सेन्ट्रल डायगनोस्टिक ल्याब्रोटरीमा उपचार गराउँदा विभिन्न सेवा शुल्कमा छुट पाउनेछन् । सम्झौता अनुसार बैंकका डेबिट कार्ड तथा मोवाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु, कर्मचारी साथै कर्मचारीका परिवारले जनरल प्याथोलोजी टेष्टमा अधिकतम २५%, र कोरोना परिक्षणमा अधिकतम १५ % आकर्षक छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले १०२ वटा शाखाहरुबाट सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved