सांग्रिलाले डेन्टल एसोशियशनका सदस्यलाई बिना धितो कर्जा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 09, 2020 | 04:38:25 PM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited  ले नेपाल डेन्टल एसोशियशनसँग आवद्ध सदस्यहरु तथा सदस्यहरुसँग आवद्ध संस्थाका कर्मचारीहरुलाई बिना धितो लोन दिने भएको छ । बैंक र एसोशियशनबीच बैंकिङ सेवा उपलब्ध गराउने सम्झौता भएसंगै एसोशियशनसँग आवद्ध सदस्यहरु तथा सदस्यहरुसँग आवद्ध संस्थाका कर्मचारीहरुले यस्तो सुविधा पाउने भएका हुन् । 

सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र एसोशियसनका अध्यक्ष डा. प्रविन्द्र अधिकारले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार बैंकले एसोशियशनसँग आवद्ध सदस्यहरु तथा सदस्यहरुसँग आवद्ध संस्थाका कर्मचारीहरुलाई १५ लाख रुपैयाँसम्मको प्रोफेशनल कर्जा प्रदान गर्नेछ ।

बैंकका अनुसार उक्त कर्जा अन्तर्गत कर्जावालाई एक लाखसम्मको कोरोना बीमा निशुल्क प्रदान गरिने छ । बैंकका विभिन्न शाखाहरुबाट उक्त सेवा उपयोग गर्न सकिने बैंकले जनाएको छ । 

बैंकले ९१ शाखा कार्यालयहरु र ३० एटिएम मार्फत सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved